आश्विन १ गते, २०७६

“बाँझिएका, टुक्रिएका र खण्डहर भएका भावनाहरुको भेला गरौं” -इन्द्र भुषाल

पटक हेरिएको

बाँझिएका मनहरु, टुक्रिएका सम्बन्धहरु र खण्डहर भएका भावनाहरुको अब भेला गरौं र जोडौं र फेरी एक पटक एक भएर जुरुकै उठौ र बनाऔं संगठन पार्टी र देश । पार्टी एकता त भएको छ तर एकता भए पनि हामी संगठन पार्टी र देश पुनःनिर्माण गर्दैनौं र पुनः निर्माण गरेर पनि अबको यात्रा संम्भव छैन ।

अब नयाँ बनाउछौं सबै खाले संगठन, पार्टी । विद्यार्थीको कुनै गुञ्जायस नै बाँकी नरहने गरी संगठन बनाउछौं, कार्यकर्ताको कुनै गुनासै बाँकी नरहने गरी पार्टी बनाउछौं भने जनताको सपना पुरा गर्ने गरी देश बनाउछौं । अब हामी नेता कार्यकर्ता स्वार्थ भन्दा अल्लि माथि उठेर जनताको भावनाको कदर गर्दै जनचाहाना पुरा गर्दै समाजवादी यात्रामा लाग्छौ र लाग्नु पर्छ ।

भखरै मात्र पार्टी एकता प्रक्रिया करीब सम्पन्न भएको छ । पार्टी एकता भए पनि एकताको प्रभावले कयौ साथीहरु थला पर्नु भयो र कयौं साथीहरु तग्रीएका पनि छन् । तर विगत फर्केर, हिजोको हिसाब गरेर आफु पर्दा र बाहीरिदा एकले अर्कोलाई नै निषेध नै गर्ने गरी गुट उपगुट खडा गरेर फरक कित्तामा उभिएर हामी सहि गन्तव्य पुग्दैनौं त्यसैले एक भएर उभिनु छ ।

एकताले जोडीदाँको आलो घाउ अझै बाँकी छ, सल्लेक्रिया गरेर जोडेका कयौं खतहरु पुरीन अझै बाँकी छ किन भने पार्टी एकता एक अर्कामा बाँधेर वा टाँसीएर भएको होइन यो एकता एक आफुमा चिरीएर र त्यसमा जोडीएर एक अर्कामा सहमाहित नै भएर एकता भएको हो । हाम्रो प्रत्येक अंग जोडेर नयाँ संरचना बने जस्तै, त्यसैले हामी बिरामी छौ वा भयौं । तर यो भनेर हामी जनताको काम गर्न सकेनौ भन्ने कुनै छुट पाउने छैनौं र पाउर्दै नौं । हाम्रो जिम्मेवारी हामीले जुनसुकै परिस्थतिमा पुरा गनै पर्ने बाध्यतामा छ ।

हरेक वर्गहरुले आफ्नो हित रक्षार्थ पार्टीहरु खडा गर्ने पर्ने छ । वर्गीय दुनियाँमा सर्वहारा वर्गले आफ्नो वर्गको हित रक्षार्थ पार्टी उभ्याउ छ र हामीले पनि उभ्यायौं । समाजवादी वा मजदुर वा कम्युनिस्ट पार्टी त्यसकै उपजको रुपमा एकता हुदै आएको हो ।

नेपाली कम्युनिष्ट आन्दोलनको करिब ६ दशकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादतिर लाग्ने रणनीति बोक्दै आएको, त्यही रणनीतिलाई अभ्यास गर्दै आएको र त्यसैद्वारा क्रान्तिकारी नेता कार्यकर्ताको दिमागी ढाँचा समेत बन्दै आएको एतिहासिक सन्दर्भमा यस रणनीतिलाई परिवर्तन गरेर समाजवादी क्रान्तिको रणनीतिमा जाँदा स्वाभाविक रुपमा भ्रम, अस्पष्टता र कतिपय अवस्थामा आशंका समेत जन्मिने कुरा स्वाभाविक हो ।

भ्रम, अस्पष्टता र आशंकाहरुलाई छिचोल्दै आज नेता, कार्यकर्ता र जनताको हृदयमा समेत आशा र उत्साहको ज्योति सल्काउन कार्यदिशाको बारेको यो एकता धेरै नै मेहनतपूर्वक सम्पन्न भएको हो । केही सैद्धान्तिक मान्यता र केही चोटिला भाषणका भरमा मात्र यो एकता सम्भव भएको होइन । यो गहिरो गरी हामीले आत्मसात् गर्नै पर्दछ । आज हामी नयाँ नेपाल निर्माणको चरणमा छौं । शोषित–उत्पीडित वर्गहरुको आशा–केन्द्र समाजवादी यात्रा तय भएको छ । यो संसार हल्लाउने कम्युनिस्ट आन्दोलनको गतिरोध भत्काउदै शक्तिशाली श्रमिक संगठनको निमाण अभियान हो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राजनीतिक उद्देश्य, दोस्रो राष्ट्रिय एकता सुदृढ गर्ने सामाजिक एवम् सांस्कृतिक उद्देश्य र सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत् उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्घि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निमार्ण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्घ अर्थतन्त्रको विकास गर्ने आर्थिक उद्देश्यमा संविधानले जोड दिनु छ ।

शिक्षा, रोजगारी, श्रम, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी जनताका मौलिक हक जस्ता विषयमा संविधानले गरेको व्यवस्था ग्यारेन्टी गर्नु पर्छ । यी सबै उद्देश्यहरूकोे कार्यान्वयनका लागि राजनीतिक नेतृत्वमा स्पष्ट अर्थ–राजनीतिक सोच एवम् व्यवस्थापकीय क्षमताको आवश्यकता पर्छ त्यसैको एउटा जग दूई ठुला कम्युनिष्ट शक्तिको एकता नै हो ।

लामो योजनाबद्घ विकासको इतिहास हुँदाहुँदै पनि केन्द्रीकृत र एकात्मक राज्य सत्ताको संरक्षणमा हुर्किएको हाम्रो सामन्ती समाजको बनावट, विकासमा विभेदता र ठूलो मात्रामा रहेको भौगोलिक विविधता तराई, पहाड, हिमाल र प्राकृतिक कठिनाइले नेपालको विकासको सामाजिकीकरण प्रक्रियालाई अवरुद्ध पारेको छ अब यसको निकास खोज्नु पर्छ ।

अहिलेको कार्यभार भनेको सङ्घीय स्वरूपमा राष्ट्रिय औद्यौगिक पुँजीवादको विकास गर्दै सहभागितामङ्लक समाजवादतर्फ उन्मूख रहने खालको मौलिक अर्थव्यवस्थाको सूत्रपात गर्नु पर्छ यो नै हाम्रो लक्ष्य हो ।

भुषाल नेकपा निकट अखिल(क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष हुन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: