जेष्ठ ९ गते, २०७६

समाचार

प्राकृतिक स्रोतको कसरी उपयोग गर्ने भन्ने मुख्य चुनौती विद्यमान छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्ने बताएका छन्। प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटसम्बन्धी आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले प्राकृतिक स्रोतको उपभोगबाट हुने प्रभाव, असर र यसले सम्पूर्ण...

सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको छ : नेता पौडेल

धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको बताएका छन्। धादिङमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसँगको भेटमा नेता पौडेलले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपालीुको नारा...

अध्यक्ष प्रचण्ड र बेलायती मन्त्रीबीच भेटवार्ता

ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागमन्त्री बरोनेस सगले भेटवार्ता गरेकी छन्। खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको...

बालुवाटारमा ओली–दाहालबिच तीन घण्टा गोप्य छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच गोप्य छलफल गरेका छन्। बुधबार बिहान बालुवाटारमा अध्यक्षद्धयले करिब तीन घण्टा गोप्य छलफल गरेका हुन्। उनीहरुबीच पार्टी एकता प्रक्रियामा भएको असन्तुष्टि, सरकारको कामकारवाहिबारे...

त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न माग

काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका...

नेविसंघका नेताकार्यकर्ताहरुद्धारा मुख्यमन्त्री विरुद्ध नाराबाजी

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उपस्थित कार्यक्रममा विपक्षीमाथि प्रहरीले धरपकड गरेको छ। डोटी बहुमुखी क्याम्पसको ५९ औँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्रीको विरोध गरेको भन्दै नेविसंघका जिल्ला अध्यक्ष गणेश खड्का सहितका नेताकार्यकर्ताहरुलाई...

न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ । सेवाग्राहीसँग घूस लिएको आरोपमा उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। न्यायाधीश ढकालविरुद्ध काभ्रेका उमेश बानियाँले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। उनीमाथि सेवाग्राही बाँनियाले १८ लाख घूस लिएको...

सरकारले समृद्धिको यात्रालाई अगाडि बढाउन सकेनः नेता पौडेल

कैलाली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको, समृद्धिको यात्रालाई...

सुरक्षा निकायलाई पाँचथरको सामूहिक हत्या प्रकरणबारे सत्य-तथ्य पेस गर्न गृहमन्त्रीको निर्दशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पर्ने आरुबोटेमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गरेर यथाशक्य सत्य(तथ्य पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताएका छन्। बुधबार राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग...

चल्यो डोजर सार्वजनिक जग्गा मिचेको डिभिएम स्कुलमा, आखिर के हो विवाद ?

सुनसरी । इटहरीस्थित नेपाल डिभीएम स्कुलले मिचेको सार्वजनिक जग्गा खाली नगरेको भन्दै इटहरी उपमहानगरपालिकाले डोजर लगाएको छ। विद्यालय व्यवस्थापन पक्षसँग सहमती जुट्न नसकेपछि इटहरी उपमहानगरपालिकाले विद्यालयका संरचनामा डोजर चलाएको हो। मेयर द्ववारीकलाल चौधरी...