प्रदेश न. २ Archives - Nepal Talk
कार्तिक ६ गते, २०७७

प्रदेश न. २

बसको ठक्कबाट साइकलयात्रीको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका...

छोरा–बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने

विराटनगर — विराटनगर–१४ का दुई सडक बनाउन दुई बेग्लाबेग्लै उपभोक्ता समिति बनाइएका छन् । नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द यादवका मामाका छोरा–बुहारी हुन् । तिनको अनुगमन समिति...

राजनीतिक आडमा क्रसरको मनपरी

धनुषाको बडहरी खोला दोहनको गुनासो बढेपछि २०७६ वैशाख १७ मा अनुगमन गर्न सरकारी टोली पुग्दा भागाभाग मच्चियो । वडा कार्यालयको सिफारिसमा व्यक्तिगत पोखरी खन्न इजाजत लिएका क्रसर सञ्चालक मनोज महतोले खोला दोहन गरेका थिए । अनुगमन टोलीसँगै रहेका मिथिला नगरपालिका–९...

प्रदेश २ को प्रदेशसभा पुस २८ गतेसम्म स्थगित

प्रदेश २ को प्रदेशसभाको बिहीबार बोलाएको बैठक बस्दै नबसी स्थगित भएको  छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । यादवका अनुसार अब बैठक पुस २८ गते मंगलबार दिउँसो १ बजे निर्धारण गरिएको छ । यसअघि...

कर्मचारीलाई प्रदेश सांसदको हातखुट्टा भाँचिदिने धम्की !

जनकपुर र सर्लाही — प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएका छन् । सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो असुरक्षित महसुस गर्दै १२ दिनदेखि कार्यालय गएका छैनन् । प्रदेश...

वनभोज खाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नगरपालिका–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका...

भारतीय सीमा क्षेत्रमा बेचिन लागेका ९५ महिला तथा बालिकाको उद्धार

माइती नेपाल मोरङले सन् २०१९ को अवधिमा ९५ बालिका तथा महिलालाई भारतीय सीमाक्षेत्रबाट बेचबिखन हुनबाट जोगाएको छ । ‘हामो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त’ नारासहित मोरङ शाखाले ती बालबालिकालाई विराटनगरको सीमावर्ती क्षेत्र रानी तथा भारतीय बजारको रेल स्टेशन र बसपार्कबाट...

सवारी दुर्घटनामा कञ्चनपुरमा एकको मृत्यु ,भक्तपुर र काठमाडौंमा ३ घाइते

रौतहटको मौलापुर नगरपालिका २ चिरचिरयामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर नगरपालिका २ का ४५ वर्षीय सुरेन्द्र राय र पछाडी सवार सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय छन् । सुरेन्द्रको जिल्ला अस्पताल...

हराएकी युवतीको हत्या, भेटिएन शव

ताप्लेजुङ — गत मंसिर १७ देखि बेपत्ता आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको हत्या भएको खुलेको छ । मारेर तमोर नदीमा फालेको अभियुक्तको बयानपछि शव खोजी भइरहेको छ । नदीमा खोजीका लागि गोताखोरको माग गरिएको प्रमुख जिल्ला अधिकारी...

उखु किसानले भुक्तानी नपाएको बारे आयोगले भन्यो– ‘राष्ट्रसंघीय नियमविपरीत भयो’

राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानले भुक्तानी नपाउनु राष्ट्रसंघीय नियमविपरीत भएको बताएको छ । मौलिक हकमा पनि वस्तु तथा सम्पत्तिसम्बन्धी अधिकार रहेकाले किसानलाई संरक्षण गर्नॅ सरकारको दायित्व रहेको आयोगको निष्कर्ष छ । ‘सरकारबाट राष्ट्रसंघको नियमविपरीत...