श्रावण ८ गते, २०७६

खेलकुद

नेपालले मलेसियालाई ७ विकेटले हरायो, ज्ञानेन्द्र मल्लले बनाए अर्धशतक

काठमाडौं । सिंगापुरमा जारी टी–२० विश्वकपको एशिया छनोटमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेट हराएको छ। नेपालका कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक व्याटिङको मद्दतले मलेसिलाई ७ विकेटले हराएको हो। वर्षाले प्रभावित बनाएपछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले...

नेपाल भर्सेस मलेसिया : बर्षा रोकिएसँगै खेल सुरु हुने

काठमाडौं । आईसीसी टि २० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियाको सामना गर्दैछ। वर्षाका कारण खेल रोकिएको छ । वर्षा रोकिएसँगै खेल सुरु हुने सम्भावना छ। नेपाल र मलेसिया दुबै टोली अभ्यासको लागि मैदानमा भिड्नेछन्। खेल सुरुहुने सम्भावना...

चरम बिबादमा भारतीय क्रिकेट टोली, विभाजन हुने खतरा

काठमाडौं । विश्वकप पछि पहिलो सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ। यसैक्रममा टोलीमा गुटबन्दीको समाचार बाहिरिएको छ। टोलीमा कप्तान विराट कोहली र रोहित शर्माको दबदबाको विषयलाई लिएर टोली दुई भागमा बाँडिएको हो। विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डसँग हारेसँगै...

सिंगापुरमा नेपाल कतारसँग ४ विकेटले पराजित

काठमाडौं। आईसीसी टि ट्वान्टी विश्व कप छनोटको एसिया फाइनलमा नेपालले प्रतियोगिता हारबाट शुरआत गरेको छ। मंगलबार सिंगापुरमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो। टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ९ विकेटमा १२२ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको कतारले...

कतारलाई नेपालले दियो १२३ रनको विजयी लक्ष्य, इकबालको ह्याट्रिक

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिता नेपालले कतारलाई १२३ रनको विजयी लक्ष्य दिएको छ। टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्रै बनाउन सक्यो। नेपालका ओपनर व्याट्म्यान पारस खड्काले २८ रन बनाउँदा, ज्ञानेन्द्र...

कतार विरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ। ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतार प्रतिस्पर्धाका लागि मैदान उत्रिएका छन्।    

१० खेलाडीमा सीमित सेभियासँग लिभरपुल स्तब्ध

एजेन्सी। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्लब खेलमा स्पेनिस क्लब सेभियासँग इंग्लिस क्लब लिभरपुल स्तब्ध बनेको छ। आइतबार राति भएको खेलमा सेभियाले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो। सेभियाको जितमा नोलिटो र एलेजेन्ड्रो पोजोले गोल गरे। लिभरपुलका लागि डिभोक...

ग्रिनउडको निर्णायक गोलमा युनाईटेडसँग ईन्टर पराजित

एजेन्सी । म्यानचेष्टर युनाईटेडले ईन्टरनेशनल च्याम्पियन्स कपमा जित हासिल गरेको छ। शनिबार सिंगापुरको नेश्नल स्टेडियममा भएको खेलमा युनाईटेडले ईन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो। युनाईटेडका मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा गरेको गोल नै विजयी गोलमा परिणत...

राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर प्रस्थान गर्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जादैछ। मलेसियामा अन्तिम तयारी गरेको नेपाली टोली त्यहीबाट सिंगापुर जाने कार्यक्रम रहेको छ। प्रतियोगिताको लागि नेपालले शुक्रबार अन्तिम अभ्यास गरेको थियो। मलेसियामा...

विश्वकप छनोटमा नेपालको कठिन परीक्षा

काठमाडौ । फिफा विश्वकप छनोटमा खराब इतिहास रहेको नेपालका लागि सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोटमा पनि चुनौतीपूर्ण देखिएको छ। एसियाली राष्ट्रको दोस्रो चरणको छनोटमा नेपालले आफू भन्दा बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। समूह ‘बी’ परेको...