मंसिर ३ गते, २०७६

एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी किन मौन ?

पटक हेरिएको

काठमाडौ । नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ। नेपाली एटिमबाट चोरी भएको करिब एक कारोड ८९ लाखमध्ये अधिकांश फेला पारिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंक लगायत सबै सरोकारबाला मौन छन् ।

घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ । ह्याकरले भारतबाट चोरी गरेको रकम असुलीबारे केही प्रक्रिया अगाडि नबढेको राष्ट्र बैंकले जनाएको छ । प्रहरीले पनि यसबारे सोधखोज गरेको छैन । यो समाचार कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: