मंसिर ३ गते, २०७६

राष्ट्र बैंकको पाँच अर्बको नक्कली चेक

पटक हेरिएको

काठमाडौ । हातहतियार कारोबारको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) द्वारा पक्राउ गरेका सञ्जय राणाको डेराबाट ठूलो परिमाणमा नक्कली कागजात, चेक, हतियार र सुनका गहना फेला पारेको छ।

दुई जना सहकर्मीसहित धनगढी–४ चटकपुरबाट पक्राउ परेका राणाको डेराबाट प्रहरीले पाँच अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंकको नक्कली चेक, चार पेस्तोल, छाप, नक्कली पत्रको चाङ फेला पारेको हो।

पक्राउ परेका व्यक्ति र उनीहरुबाट बरामद गरिएका सामग्रीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीबार सार्वजनिक गरेको छ । यो समाचार कारोबार दैनिकमा मुकेश चौधरीले लेखेका छन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: