भाद्र ३१ गते, २०७६

सुनको मूल्य घट्यो, तोलामा ७० हजार ८ सय

पटक हेरिएको

काठमाडौं । नेपाली बजारमा आज (विहिवार) सुनको मूल्यमा गिरावट आएको छ । विहिवार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । बुधवारको तुलनामा विहिवार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा भने ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुन प्रतितोला ७१ हजार र तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८७० रुपैयाँमा कारोबार भएको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: