आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो - Nepal Talk
जेष्ठ २३ गते, २०७७

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य बढ्यो

पटक हेरिएको

काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै आइतबार पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमै कारोबार भैरहेको छ।

यस्तै, तेजाबी सुनको मूल्य स्थिर रहेको छ। आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तर, आइतबार चाँदीको मूल्य भने बढेको छ। आज प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: