कमजोर प्रतिफलले विकासशील देशको लगानीमा अवरोध : अर्थमन्त्री खतिवडा - Nepal Talk
जेष्ठ १६ गते, २०७७

कमजोर प्रतिफलले विकासशील देशको लगानीमा अवरोध : अर्थमन्त्री खतिवडा

पटक हेरिएको

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकासका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन्। उनले विकासशील मुलुकहरूमा उच्च जोखिम र कमजोर प्रतिफल लगानीको अवरोध देखिएका बताए। खतिवडालेसमावेशी लगानीबाट दीगो विकासमा सहयोग पुग्ने बताए ।

मंगलबार समृिद्ध फाउण्डेसनको कार्यक्रममा अथर्ममन्त्री खतिवडाले विकासशील मुलुकमा निजी क्षेत्रको लगानी प्रवर्द्धन हुन नसकेको समेत बताए। ठूलो व्यावसायिक क्षेत्रमा महिलाहरूको सहभागिता धेरै नभए पनि सहकारी क्षेत्रमा आधा भन्दा बढी सदस्य रहेको उनले बताए। सहकारी माध्यमबाट महिलाको आर्थिक सशक्तीकरणमा धेरै सहयोग पुगे पनि उनीहरूलाई थप उद्यमशील बनाउनतर्फ सहयोग आवश्यक रहेको उनले बताए ।

‘अहिले बैंकबाट ठूला उद्योगमा तथा सहकारीबाट साना व्यवसायमा लगानी भएको अवस्था छ, उद्योग क्षेत्रको समावेशी विकासका लागि यसमा सुधार गरी घरेलु तथा मझौला उद्योग व्यवसायमा सरल र सहजरूपमा कर्जा प्रवाह गर्न वित्तीय संस्थाले ध्यान पु(याउनुपर्छ,’ उनले भने।

Loading...

प्रतिकृया लेख्नुहोस्: