एक वर्षमा साढे तीन अर्ब भन्दा धेरै रकम विदेशियो - Nepal Talk
जेष्ठ २३ गते, २०७७

एक वर्षमा साढे तीन अर्ब भन्दा धेरै रकम विदेशियो

पटक हेरिएको

काठमाडौं । नेपालको वाणिज्य वैंकहरुमा लगानी गरेका विदेशीहरुले एक वर्षको अवधिमा साढे ३ अर्वरुपैंया भन्दा धेरै नाफा कमाएका छन् । वैंकहरुले साधारणसभाबाट लाभांश वितरणको प्रस्ताव पारित गरेपछि नेपालमा लगानी गरेका विदेशीहरुले गरेको नाफाको अनुपात निस्किएको हो । विदेशी लगानी रहेको मध्ये हिमालयन वैंकले मात्र अहिलेसम्म लाभांश वितरण गरेको छैन । अघिल्लो एक वर्षको अवधिमा नाफाबाट नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुले लाभांश वितरण गर्ने गर्छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत रहेकामध्ये, एनसीसीसी सेन्चुरी र हिमालयन वैंक वाहेकका राष्ट्रिय स्तरका वाणिज्य बैंकहरुले गत वर्ष शेयरधनीहरुले तीन महिनाको अवधिमा २३ अर्ब ४६ करोड रुपैयाँ नगद लाभांश लगेका छन् । ती तीन वैंकहरुले भने अहिलेसम्म लाभांश वितरण गरेका छैनन् । हिमालन वैंकले केही दिनमा लाभांश वितरण गर्ने घोषणा गरेको छ भने एनसीसी वैक र सेन्चुरी वैंकले भने अहिलेसम्म त्यसबारेमा केही घोषणा गरेको छैनन् । यी तीनले वितरण गर्ने लाभांश समेत जोड्दा वाणिज्य वैंकहरुमा लगानी गर्ने लगानीकर्ताहरुले गत वर्ष साढे २५ अर्व भन्दा बढी नाफा कमाउने अवस्था देखिएको छ ।

वाणिज्य बैंकहरु मध्ये हिमालयनसहित स्टाडण्र्ड चार्टर्ड, नविल बैंक, हिमालयन, एनएमवि, एभरेष्ट र सानिमा बैंक तथा माछापुच्छे«मा विदेशी लगानी रहेको छ । यी वैंकहरुबाट मात्रै नाफावापतको साढे ३ अर्वभन्दा बढी रकम विदेशिने भएको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक वैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रिण्डलियाजको शेयर स्वामित्व ४६.८१ प्रतिशत छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेको २३.४० प्रतिशत छ । बैंकले गत वर्षको नाफाबाट एक अर्ब ८० करोड रुपैयाँ नगद लाभांश वितरण गरेको छ । यसै नाफाबाट दुई विदेशी संस्थामार्फत मात्रै एक अर्ब २६ करोड रुपैयाँ बाहिरिने निश्चित भएको छ ।

त्यस्तै नविल बैंकको प्रमुख शेयरधनी एनवि इन्टरनेशनल लिमिडेटको शेयर हिस्सा ५० प्रतिशत छ । यसमा बिनोद चौधरीसहित केहि विदेशी कम्पनीहरुको शेयर स्वामित्व रहेको छ । नविल बैंकले गत आर्थिक वर्षको नाफाबाट एक अर्ब ९८ करोड रुपैयाँ नगद लाभांश वितरण गरेको छ । यस नाफाबाट एनबि इन्टरनेशनलले ९९ करोड ५ लाख रुपैयाँ नगद लाभांश प्राप्त गर्नेछ अर्थात् त्यति रकम बाहिरिनेछ ।

पाकिस्तानको हविव बैंकको २० प्रतिशत लगानी रहेको हिमालयन बैंकले साधारण सभा अझै गरेको छैन । तर, उसले १ अर्व २ करोड २४ लाख रुपैंया लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । त्यसबाट करिब २० करोड ४० लाख रुपैयाँ हविव वैंकले प्राप्त गर्नेछ । साधारणसभा गर्न बाँकी भएकोले यो लाभांश विदेशिन अझै केही समय लाग्ने वैंक स्रोतले जानकारी दिएको छ ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) को लगानी भएका सानिमा बैंक तथा माछापुच्छ्रे बैंकमार्फत ठुलो रकम विदेशिनेछ । दुई बैंकको तर्फबाट लगभग ४४ करोड रुपैयाँभन्दा माथिको लाभांश लैजानेछन् ।

एभरेष्ट बैंकमा २० प्रतिशत लगानी भएको पञ्जाव नेशनल बैंकले नगद लाभांशवापत ३२ करोड १० लाख रुपैयाँ लैजानेछ । बैंकले एक अर्ब ६० करोड रुपैयाँको नगद लाभांश वितरण गरिसकेको छ। यसको अधिकांश रकम बैंकका अध्यक्ष विके श्रेष्ठले प्राप्त गर्नेछन् ।

भारतको एसबिआई बैंकको ५१ प्रतिशत शेयर स्वामित्व रहेको नेपाल एसबिआईले ९१ करोड ५८ लाख रुपैयाँ नगद लाभांश दिएको छ । उक्त लाभांशवापत भारतको एसबिआईले ५० करोड ३७ लाख रुपैयाँ नगद लैजानेछन् ।

नेदरल्याण्डको एफएमओको २० प्रतिशत लगानी रहेको एनएमबी बैंकबाट भने उक्त कम्पनीले २६ करोड ९३ लाख रुपैयाँ लाभांश लैजादैंछ ।
विदेशी कम्पनीले लाभांश लैजानका लागि नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ हुन्छ । त्यही अनुसार अहिले लाभांश लैजाने प्रकृया शुरु भैरहेको जानकारी नेपाल स्टक एक्सचेन्ज स्रोतले दिएको छ ।

नेपाली लगानीकाहरु मध्ये गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा धेरै नगद लाभांश कृषि विकास बैंकले प्रदान गरेको छ । बैंकले दुई अर्ब १६ करोड रुपैयाँ नगद लाभांश दिएको छ । जसमध्ये नेपाल सरकारले मात्रै एक अर्ब १० करोड रुपैयाँ लैजानेछ । त्यस्तै वाणिज्य बैंकबाट एक अर्ब ८ करोड रुपैयाँ लगिसकेको छ । नेपाल बैंकको नाफाबाट शेयरधनीहरुले ८० करोड ३५ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेका छन् । त्यसमा नेपाल सरकारको ५१ प्रतिशत शेयर रहेको हुँदा लाभाशंको आधाभन्दा बढी रकम नेपाल सरकारले नै लगेको छ ।

विगतमा निरन्तर घाटामा गएको नेपाल वैंकले साधारण सभा समेत समयमा गर्न सकेको थिएन । विगत २०५५ सालपछि नेपाल वैंकका शेयरधनीहरुले पहिलो पटक लाभांश पाएका हुन् ।

वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट प्रदान गरेको लाभांश :

Loading...

प्रतिकृया लेख्नुहोस्: