आश्विन २९ गते, २०७६

आमा बुबालाई सम्मान गर्ने हरेकको मन छुने गीत ‘आमा बुवा मेरो भगवान’ सार्वजनिक

पटक हेरिएको

काठमाडौँ। केही समय अघि मात्रै गायक राज सिग्देलको स्वरमा ‘आमा बुवा मेरो भगवान’ बोलको आमावाभक्तिपूर्ण गीत सार्वजनिक गरेर संगीत क्षेत्रमा चर्चा बटुलेका साहित्यकार एवं सर्जक जयश्‍वर रिमालले उक्त गीतको भिडियो सार्वजनिक गरेका छन् ।

युट्युबमा राज सिग्देलको च्यानलमार्फत सार्वजनिक गरिएको यो भिडियोलाई सन्तोष लामा मोक्तानले निर्देशन गरेका हुन्। यस गीत मार्फत साहित्यकार रिमालले आफ्ना भावनाहरुलाई संगठित रुपमा प्रस्तुत गदै आमा बुबाको स्नेह, माया र कर्तव्यको उच्च सम्मान गर्दै आमा बुबालाई भगवान मानी वहाँहरुकै सम्मानमा रिमालले यो गीत लेखेका हुन् । संगीतकार विश्वनाथ झाको सङ्गीत रहेको यस गीतमा अशोक राईको सङ्गीत संयोजन रहेको छ ।

साहित्य सृजना एक फरक विधा हो तर सृजना गर्नु सजिलो विषय होइन । त्यसमाथि पनि स्तरीय लेख रचना भनेको धेरै कम सर्जकले मात्रै सृजना गर्न सक्छन् । यस्तै सर्जक मध्येका रिमाल साहित्य अध्ययन र लेखनमा रुची राख्ने रिमाल सरल व्यक्तित्वका धनी हुन् । साहित्य लेखनका विविध विधामा कलम चलाउने उनले सानै देखि लेखनमा रुची राख्ने गरेको बताउँछन् । उनका सृजनाहरु २०७१ सालदेखि आम सञ्चार माध्यममा निरन्तर प्रकाशित भइरहेका छन् ।

सिन्धुपाल्चोकको जुरेमा आएको विनाशकारी पहिरोले सुनकोशी नदी थुनिएको घटनालाई “सुनकोशी नबगेको १४ घण्टा” शिर्षकमा घटनाको यथार्थ चित्रण गरेका रिमालले त्यसपश्चात् लेखनलाई नितन्तरता दिएका छन् । दैनिक जीवनका घटना परिघटनाहरुलाई सरल एवम् स्तरीय ढङ्गबाट प्रस्तुत गर्नसक्ने खुवी भएका रिमालले थुप्रै कथा, यात्रा संस्मरण, कविता, गीत तथा बिभिन्न समसामयिक लेखहरु समेत लेखेका छन् ।

“ज्यानको बाजीमा तेलको पैसा”, “भेनिसको जल सयर त्रुटी एक जरिवाना अनेक ”, “बेलगाम क्रिस्टीनिया” लगायतका यात्रा संस्मरणहरु, “पुनर्जीवनको आभाष”, “भुकम्प पीडित एक सिपाहीको कथा”, लगायतका कथाहरु, “घरबेटीका संवेदनाहिन व्यवहार”, अबको प्रहरी समुदायकेन्द्रित एवम् सृजनशील”, सभ्य र सुसंस्कृत समाजमा प्रहरीको दायित्व” लगायतका व्यावसायिक एवम् समसामयिक लेख रचनाहरु उनले लेखेका छन्। यसैगरी “मनको चोट” बोलको गीत यस अघि नै सार्वजनिक गरिसकेका उनले पछिल्लो समय “आमा बुबा मेरा भगवान” सार्वजनिक गरेका छन् ।

आमा बुबालाई सम्मान गर्ने हरेक मानिसको मन छुने यस गीत युगौं युगसम्म जीवन्त रहिरहनेछ भन्दा अत्युक्ति नहोला ।

हेर्नुस भिडियो

Loading...

प्रतिकृया लेख्नुहोस्: