जेष्ठ ९ गते, २०७६

आकाश र पूजाको फिचरिङ तस्बिर’ बोलको गीत सार्वजनिक

पटक हेरिएको

काठमाडौं। गायिका निशा कँडेल र गायक सनुप पौडेलको आवाजमा समावेश ‘तस्बिर’ बोलको गीत सार्वजनिक भएको छ। बिष्णुबाबु देवकोटाको शब्द रहेको यो गीतमा टिका दाहालको संगीत छ। यो गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। भिडियोमा वुद्ध थापाको छायांकन छ।

यो गीतको भिडियोमा चलचित्रको पर्दामा दर्शकले निकै रुचाएको नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ। पूजा र आकाशको जोडीको क्रेज बढ्दै जादा उनीहरुलाई अहिले म्यूजिक भिडियोमा समेत खेलाउन क्रम बढेको छ।

प्रतिकृया लेख्नुहोस्: