श्रावण ८ गते, २०७६

चर्चित गायक किरणबावु पुनको ‘समय’ गीत सार्वजनिक

पटक हेरिएको

रुकुम । गायक ‘किरणबावु पुन’ले नेपाली लोक संगित क्षेत्रमा निकै चर्चा कमाएका छन्। नेपाली संगीत बजारमा धेरै गायकहरु छन् , तर किरणबाबु पुन जत्तीको भने अरु छैनन्। उनको आफ्नै कथा छ , आफ्नै बेथा छ छुट्टै संर्घष छ। त्यसैले त उनी अहिले एक लोकप्रीय गायक बन्न सफल भएका हुन्।

रुकुमको बिकट बस्ती सानीभेरी गाँउपालिका (साविकको दुली गाबिस) को कोटमा जन्मीनु भएका पुनले लोक तथा आधुनिक गरी धेरै गित बजारमा ल्याएका छन्। कतिपयमा आफैले आवाज दिएका छन् भने कतिपयको शब्द मात्र गरेका छन्।

यस पटक पनि पुनको शब्द तथा संगितमा भारतिय चर्चित गायिका सन्जीवनी र आफ्नै स्वरमा समय गीत सार्वजनिक भएको छ। केहि दिन अघि मात्र युटुव मार्फत किरणबाबुको गित “समय” सार्वजनिक भएको हो।

संयौ गीतहरू बाट श्रोता तथा दर्शकहरूको मन जित्न सफल किरणबावुले पछिल्लो समय कृष्ण फिल्म मार्फत “समय” नामक गीत बजारमा ल्याएका हुन्। यसको भिडियो निर्देशन वरिष्ठ निर्देशक बाबुराजा केसी (उज्ज्वल) ले गरेका छन् शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा केशब बडुले एरेन्जर र कुमार सानु पुनले मिक्सिङ्ग गरेका छन्।

मधुर बस्नेतको छायांकन,नबिन घर्तिको सम्पादन,प्रेम थापा र सुशिला थापाको अभिनय रहेको यस गीत हरेक दृष्टिबाट उत्कृष्ट रहेको छ। गितबारे किरणबावुले भने “मैले निकै मेहनत गरेको छु। यो अर्थमा कि यस गीतमा पनि (बाचा) गीतमा प्रयोग गरिएको एक गीतमै तीन बिषयवस्तु जस्तै यसमा पनि त्यो निरन्तरता झनै परिष्कृत गर्ने कोशिश गरेको छु।”

किरणबावुले यस भन्दा पहिले पनि सन्जीवनी र आफ्नै आवाजमा “बाचा” नामको गित बजारमा ल्याएका थिए। समय युनिटकै सहकार्यमा बजारमा आएको “बाचा”ले जनमनको मन जित्न सफल रहेको थियो। तर अहिले समय गीत सार्वजनिक भए पछि सबै संगीत प्रेमी आम जनताहरुको मन मस्तीकमा पस्न सफल भएका छन् किरणबावु पुन।

यस्तो छ किरणबाबुको समय हेर्नुहोस् (भिडियो सहित)

Loading...

प्रतिकृया लेख्नुहोस्: