श्रावण ३२ गते, २०७६

चलचित्र ‘पास्ट’मा समावेश ‘तिम्रो मनको माझमा फुल्न मन लाग्छ’ गीत सार्वजानिक (भिडियो सहित)

पटक हेरिएको

उमेश सेन्चुरी

काठमाडौं । मिना अधिकारीको प्रस्तुतिमा रहेको नेपाली कथानाक चलचित्र ‘पास्ट’ ट्राङगल लभ स्टोरीमा आधारीत छ। ‘पास्ट’ चलचित्रलाई नविन निरौलाले लेखन तथा निर्देशन गरेका छन् भने शिब बिकको कोरियोग्राफी रहेको छ।

नेपाली कथानाक चलचित्र पास्टमा बिगतको गल्तीले वर्तमान र भबिष्यमा कसरी सताउछ भन्ने बारेमा बिषेश चर्चा र परिचर्चा गरिएको छ। बिगतको गल्तीले समाजमा नराम्रो गरी सताउने भएकाले समयमा नै सचेत रहन पर्ने भन्ने शन्देस उक्त चलचित्रले दिएको छ। ट्राङगल लभ स्टोरीमा आधारीत चलचित्र ‘पास्ट’ कोहि महिनमानै रिलिज हुने कुरा निर्माण पक्षले नेपाल टकलाई बताएका छन्।

निम संगीतको संगीत, युगज्योतिको शब्द, गगन संगम र सुधारत्नको स्वरमा रहेको गीतको भिडियोमा आनन्द पुन र मोनिका दाहालको रोचक रोमान्स देखिएको छ। चलचित्रका अन्य कलाकारहरु शंकर आचार्य, सत्यकला लामा, रामचन्द्र अधिकारी, ओम प्रतिक बिश्व खड्का, आरके थापा लागाएतका आदी कलाकारलाई देखाइएको छ।

ट्राङगल लभ स्टोरीमा आधारीत चलचित्रमा समाबेश गरिएको ‘तिम्रो मनको माझमा फुल्न मन लाग्छ’ भन्ने गीत नेपाल टक युटुब च्यानलबाट आज शनिबार सार्वजानिक भएको छ। यो गीत सार्बजनिक भए सगै आम दर्शकको माया र साथका साथै प्रतिक्रियाको निर्माण पक्षको अपेक्षा रहेका छन्।

चलचित्र भक्तपुरको रमणिय स्थान, नगरकोट, चितवनको सौराहा र काठमाडौं उपत्यकाको विभिन्न रमणिय स्थानमा छाया‌ंकन गरिएको छ। चलचित्रका निर्माता आरके थापा हुन भने क्यामरामा रामेश्वर हुँमागाइ रहेका हुन्।

चलचित्र ‘फास्ट’मा समावेश गरिएको ‘तिम्रो मनको माझमा फुल्न मन लाग्छ’ गीतको भिडियो:-

Loading...

प्रतिकृया लेख्नुहोस्: