मंसिर १ गते, २०७६

काठेलोक भाकामा ‘आकाशैमा जुन’ गीति एल्बम सार्वजनिक (भिडियो सहित)

पटक हेरिएको

चर्चित लोक गायक तथा मोडल प्रदिप रोका, सुदिप गौतम र गायिका रिता गौतमको आवाजमा नयाँ लोक दोहोरी गीति एल्बम ‘आकाशैमा जुन’ हालै सार्वजनिक भएको छ।

विगत लामो समय देखि निरन्तर गीत संगीतमा लागि परिरहेकी चर्चित लोक दोहोरी गायक प्रदिप रोकाले एक पछि अर्को उत्कृष्ट गीत बजारमा पस्कदै आइरहेकी छन्। माया प्रेममा आधारित ‘आकाशैमा जुन भन्ने काठेलोक बिटको लोक दोहोरी गीत गायक तथा मोडल प्रदिप रोका, सुदिप गौतम र गायिका रिता गौतमले बजारमा ल्याएका हुन्।

एक पछि अर्को चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक मोडल रोका लामो समयदेखि लोक गीतको स्वर विधामा अब्बल रहेको र विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रममा छन्।

यसै क्रममा भर्खरै मात्र यो नया गीत सार्बजनिक भएको छ। सबै क्षेत्रमा अब्बल सावित गरि सकेका गायक रोका विभिन्न गीतहरुले बजारमा धमाका मच्चाउदै गरेका बेला जादुमय स्वरले भरिएको यस गीतले छोटो समयमा हजारौ दर्शक श्रोताको मन जित्न सफल भै सकेको छ।

जल राप्ती म्युजिक प्रा.लि. मार्फत सार्वेजनिक भएको गीतमा रिता गौतमले को लय, शब्द रहेको र उनलाइ निकै पृथक रुपमा गीत गाउन सक्ने चर्चित लाइभ लोक तथा दोहोरी गायक प्रदिपले साथ दिएका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: