आषाढ़ १ गते, २०७६

नेपाल कलाकार संघको अध्यक्षमा सरीता लामिछानेको उम्मेदवारी

पटक हेरिएको

काठमाडौं । नेपाल कलाकार संघको यही जेठ २५ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा सरीता लामिछानेले उम्मेदवारी दर्ता गराएकी छन्।

नेपाल कलाकार संघकी महा–सचिव लामिछाने अध्यक्ष पदका अर्का उम्मेदवार रवीन्द्र खड्काबीच प्रतिस्पर्धा हुने हुने देखिएको छ।

लामिछाने ०५५ साल देखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध हुदै आएकी छिन्। चर्चित टेलिशृंखला ‘मुत्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरि सकेकी छिन्।

पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरि रहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतका चलचित्रमा अभिनय गरेकी छन्। यस अघि गत चैत्र २३ गते हुने भनिएको चुनाव स्थगीत भएको थियो।

तीन दशक लामो नेपाल कलाकार संघको ईतिहासमा १८ वर्ष अघि कलाकार बसुन्धरा भुसाल अध्यक्ष भएकी थिइन्। त्यस अघि र पछि पुरुषकै वर्चश्व र नेतृत्वमा चल्दै आएको संघको अध्यक्षमा उम्मेदवारी दिने सरिता दोस्रो महिला हुन्।

प्रतिकृया लेख्नुहोस्: