श्रावण ३२ गते, २०७६

नेपाली कथानक चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक

पटक हेरिएको

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ। यसअघि केही समय अगाडि फस्टलुक पोस्टर सार्वजनिक गरेको निर्माण पक्षले आज ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा सुरक्षा पन्त, अर्पण थापा र बेनिशा हमाल देखिएका छन्।

अर्पण थापाको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरले ‘घर’ हरर चलचित्र भएको पुष्टि गर्छ। डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘घर’लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन्। डीएस डिजिटल निर्देशक दीपेन्द्र के खनाल र सुरज पोण्डेको संयुक्त ब्यानर हो।

चलचित्र ‘घर’ले साउन ३ गतेलाई रिलिज डेट लक गरेको छ। चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: