आषाढ़ १ गते, २०७६

यसरी मनाए महानायक हमालले आफ्नो जन्म दिन

पटक हेरिएको


काठमाडौं ।  नेपाली रंगमञ्चका स्टार अर्थात महानायक राजेश हमालको आज जन्म दिन । सन १९६४ जुन ९ अर्थात आजकै दिन उनको जन्म भएको हो । पाल्पाको तानसेनको सम्पन्न परिवारमा जन्मिएका उनी नेपाली रंगमञ्चमा चार दशक भन्दा लामो अभिनय यात्रा रहेको छ । चलचित्र युगदेखि युगसम्मबाट आफ्नो अभिनय यात्रा थालेका हमालका पिता राजदूत सम्म भएका थिए ।

सन् २०१४ मा मधु भट्टराईसंग बैवाहिक जीवनमा बाधिएका थिए । पछिल्लो समय चलचित्रमा खासै सक्रिय नरहेका राजेशको पछिल्लो फिल्म ‘बाग्मती’ र ‘सकुन्तला’ असफल भएको थियो ।भारतबाट आफनो मोडलिङ यात्रा सुरु गरेका उनले एक पञ्जाबी र पाकिस्तानी फिल्ममा समेत अभिनय गरे। राष्ट्रिय नागरिक गोल्डेन अवार्ड राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान समेत पाईसकेका उनले कुनै समय औषत १०र१२ वटा फिल्ममा समेत काम गरेका थिए भने सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए ।

पछिल्लो समय विभिन्न कार्यक्रमका लागि देश तथा बिदेशमा व्यस्त रहेका महानायकले केही समय अगाडी मात्र फिल्म खेल्ने चाहाना नै नभएको बताएका थिए । जसको कारण उनका फ्यान निरास बनेका थिए । महानायकलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिकृया लेख्नुहोस्: