आषाढ़ १ गते, २०७६

‘मलेसियामा पक्राउ परेका कलाकार अझै सम्पर्कविहीन’ : गायक राई

पटक हेरिएको

काठमाडौं । इदको अवसर पारेर मलेसियामा कार्यक्रममा नेपाली कलाकार अझै सम्पर्कमा नआएको आफन्तले जनाएका छन्। त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन दिन पुगेका कलाकारलाई मलेसियाको अध्यागमन प्रहरीले ३ दिनअघि पक्राउ गरेको थियो। पक्राउ परेका आयोजक र कलाकार अझै पनि सम्पर्कविहीन रहेको बताइएको हो।

कार्यक्रमका लागि मलेसिया पुगेका गायक राजेश पायल राईले पक्राउ परेका नेपाली अझै सम्पर्कमा नआएको बताएका छन्। उनका अनुसार कार्यक्रमको आयोजना गर्ने आयोजक पनि सम्पर्कमा छैनन्। ‘आयोजकहरू पनि गायब हुनुहुन्छ, शायद उहाँहरुलाई पनि पक्राउ गरिएको छ, सोध्ने क्रम जारी छ गायक राईले भने।

एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा नेपालबाट सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बे लगायतका कलाकार कार्यक्रममा गर्न गएका थिए। मलेसियामा सांगीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था भए पनि कलाकारले यसबारेमा जानकारी दिएका थिएनन्।

प्रतिकृया लेख्नुहोस्: