श्रावण ३२ गते, २०७६

रातो टीका निधारमाको ‘मेरो माया हो…’गीत सार्वजनिक

पटक हेरिएको

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ। रोमान्टिक ‘मेरो माया हो…’ बोलको गीतमा नेपाल आइडल फेम्ड निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ।

रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन्। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार द्वउ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक अंकित शर्मा फिचर्ड छन्।

अशोक शर्मा निर्देशित चलचित्रमा साम्राज्ञी र अंकितसँगै बुद्दि तामाङ, रविन्द्र झा, नीता ढुंगाना, शिवहरि पौडेल, राजाराम पौडेललगायत कलाकारको मुख्य भूमिका छ। दसैंको छेको पारेर चलचित्र रिलिज हुने ‘रातो टीका निधारमा’ मार्फत अंकित चलचित्रमा डेब्यू गर्न लागेका हुन्। उनी अशोक शर्माका छोरा हुन्।

 

Loading...

प्रतिकृया लेख्नुहोस्: