भाद्र ३१ गते, २०७६

चर्चित पप गायीका मिनाज मनोरञ्जनबाट रिटायर्ड हुदै

पटक हेरिएको

काठमाडौं। चर्चित अमेरिकी पप गायिका निकी मिनाजले म्युजिक इन्डस्ट्रीबाट टाढा हुने घोषणा गरेकी छन्। उनले ट्विटरमा आफू म्युजिक इन्डस्ट्रीबाट रिटायर्ड हुन लागेको उल्लेख गरेकी हुन्। गायिका निकीले लेखेकी छन्, ‘अब म म्युजिकको दुनियाँबाट टाढा भएर आफ्ना पार्टनर केनेथ जु पेट्टीकेसँग घर बसाउन थालेकी छु।

मैले रिटायर्ड हुने र आफ्नो परिवार बसाउने फैसला गरिसकेकी छु उनले भनिन्। लामो समय पपमा आबद्ध भएर धेरैको मनमा बस्न सफल मिनाजको यस्तो घोषणाले उनका फ्यानलाई निराश बनाएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: