आश्विन २९ गते, २०७६

चर्चित गायक किरण बाबु पुनको नयाँ गीत ‘धर्म’ बजारमा

पटक हेरिएको

काठमाडौ । नेपाली गीत संगीत बजारमा बहु चर्चित गायक तथा सर्जक किरण बाबु पुनको नयाँ गीत “धर्म” बजारमा आएको छ। भारतिय चर्चित गायिका सञ्जीवनीले आवाज दिएको यो लोक गीत हो । उनले थुप्रै हिट नेपाली चलचित्र तथा आधुनिक गीतहरु गाएकी छिन् भने लोक दोहोरी गीत पनि किरण बाबु पुनको गाउँदै आएकी छिन् ।

यसमा फरक कथा बस्तु समेटेर म्युजिक भिडियो बनाइएको छ। जस अन्तर्गत धर्मको कथालाई निकै मिठो कलात्मक शैलीमा देखाइएको छ। जात धर्म जेसुकै भएनी मानवता नै सबै भन्दा ठुलो धर्म हो भन्ने मूल कथा रहेको छ।

यथार्तमा माया र सांचो प्रेम गर्ने जोडीहरुलाई कुनै जात धर्मले छेक्दैन र कुनै वाइबल, धर्म ग्रन्थहरुमा पनि लेखिएको छैन भन्ने कुरा देखाउन खोजीएको छ । यो गीतमा किरण बाबु पुन र सञ्जीवनीको आवाज रहेको छ भने शब्द र संगीत पनि किरण बाबु पुनकै रहेको छ।

किरण बाबु पुनले हरेक सिर्जनामा नयाँ कला प्रस्तुती प्रयोग गरेकै हुन्छन् यसमा पनि हामी त्यो प्रयोग देख्छौं। यो गितको म्युजिक भिडियो वरिष्ठ निर्देशक बाबु राजा के सी (उज्ज्वल) ले निर्देशन गरेका छन् भने वरिष्ठ क्यामेरामेन मधुर बस्नेतको छायांकन रहेको छ।

त्यस्तै सम्पादन नबिन घर्ती मगरको रहेको छ भने अभिनय प्रेम थापा र सगुन शाहीको रहेको छ। यो गीतलाई कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङ्गले बजारमा ल्याएको छ।

यो गीत बाट लोक गीत क्षेत्रमा फेरी एउटा इटा थपिने सबैले अनुमान गरेका छन् ।

भिडियोमा हेर्नुहोस्

Loading...

प्रतिकृया लेख्नुहोस्: