कार्तिक ६ गते, २०७६

फ्राइडे चलचित्र ‘पासवर्ड’ र ‘हिरो नम्बर–१े’ प्रदर्शनमा

पटक हेरिएको

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज (शुक्रवार)बाट नेपाली चलचित्र ‘पासवर्ड’ र ‘हिरो नम्बर–१’ प्रदर्शनमा आएका छन् । ‘पासवर्ड’ सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

आज रिलिज भएको अर्को चलचित्र हो, ‘हिरो नम्बर–१’ । ‘हिरो नम्बर–१’ जयकिशन बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र हो । कमेडी चलचित्रमा जय किशन बस्नेत, जाहान्वी बस्नेत, एलिना रायमाझी, शोभित बस्नेत, लय संग्रौलालगायत कलाकारको भूमिका रहेको छ ।

सन्नी लियोनीका कारण चर्चामा रहेको एक्सन प्रधान चलचित्र ‘पासवर्ड’मा ‘पासवर्ड’मा बलिउड अभिनेत्री सन्नी लियोनी, अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

दुबै चलचित्र पर्याप्त प्रचारप्रसार विना प्रदर्शनमा आएका हुन् । सन्नी लियोनीका कारण ‘पासर्वड’ चर्चामा रहेको छ । ‘पासर्वड’ले मल्टिप्लेक्समा राम्रो शो पाउँदा ‘हिरो नम्बर–१’ सिङ्गल स्क्रिनमामात्रै खुम्चिएको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: