आश्विन २९ गते, २०७६

नयाँ टेलिश्रृंखला ‘सक्किगोनि’को प्रोमो सार्वजनिक

पटक हेरिएको

काठमाडौं । हास्य टेलिचलचित्र ‘भद्रगोल’को पुरानो समूहले ल्याउन लागेको नयाँ टेलिश्रृंखला ‘सक्किगोनि’को प्रोमो सार्वजनिक भएको छ । ‘सक्किगोनि’को प्रचारका लागि निर्माण युनिटले प्रोमो सार्वजनिक गरिरहेको छ ।

प्रोमामा ‘सक्किगोनि’का मुख्य कलाकार कुमार कट्टेल, अर्जुन घिमिरे लगायत फिचर्ड छन् । ‘भद्रगोल’ नाम अरुले नै लिएपछि ‘भद्रगोल’को पुरानो समूहले नयाँ हास्य टेलिचलचित्र ‘सक्किगोनि’ ल्याउन लागेको हो । ज्योती काफ्ले र अशोक धितालको लेखन तथा निर्देशनमा मिडिया हबले नै ‘भद्रगोल’ ल्याएपछि पुरानो समूहले नयाँ टेलिचलचित्र ‘सक्किगोनि’ ल्याउन लागेको हो ।

अहिले नयाँ हाँस्य टेलिचलचित्रको छायांकनमा रहेको ‘सक्किगोनि’ युनिटले असोज २ गतेबाट हरेक बिहीबरबाट प्रशारण हुने जनाएको छ । ‘सक्किगोनि’ कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गर्दैछन् ।

Loading...

प्रतिकृया लेख्नुहोस्: