आश्विन २९ गते, २०७६

फेमिनिज्मको अर्थ ब्रा जलाएर जुँगा बढाउनु नारीवाद होइनः सोनम कपूर

पटक हेरिएको

समाज र नारीवादबारे निर्धक्क बोल्न सक्ने अभिनेत्री हुन् सोनम कपूर । जब उनले बलिउडमा पाइला राखेकी थिइन् तब अधिकांश हिरोइनलाई ‘फेमिनिज्म’ भनेको के हो भन्ने नै थाहा थिएन । सोनमका अनुसार ‘ब्रा जलाएर जुँगा बढाउनु’ फेमिनिज्म होइन ।

सोनम भन्छिन्, ‘‘१२ वर्षअघि मलाई कसैले सोधेको थियो– के तपाईं फेमिनिस्ट ९नारीवादी० हो रु जवाफमा मैले ‘हो’ भनेकी थिएँ । मेरो यस्तो जवाफ सुनेर मेरो पीआर टिमले मैले त्यसो भन्न नहुने बताएको थियो । यस्तो भनिदिँदा मलाई मानिसहरुले अन–फेमिनिन बुझ्ने छन् । अचेल त मलाई सबैले त्यही भन्छन् । १२–१५ वर्षअघि कुनै पनि हिरोइन खुलेर आफूलाई फेमिनिस्ट बताउन सक्दैनथे ।’’

फेमिनिस्टको सही अर्थ बुझ्नुपर्ने सोनम बताउँछिन् । यसको खास अर्थ र मतलब पनि छ । ‘‘त्यो हो सबै कुरामा बराबरी,’’ सोनम भन्छिन्, ‘‘फेमिनिज्मको अर्थ आफ्नो ब्रा जलाएर पुरुषको जुँगा बढाउनु होइन ।’’

कतिपय हिरोइन लामो समयसम्म फेमिनिज्मको अर्थ बुझ्दैनथे । अब समयक्रमसँगै सबैले यसको खास अर्थ बुझ्न थालेका छन् । ‘‘समाजमा कतिपय मामिलामा पुरुषको तुलनामा महिलामाथि भेदभाव व्याप्त छ । मलाई आशा छ– त्यसमा परिवर्तन आउने छ । थुप्रै मानिसहरु यसबारे गम्भीर ढङ्गमा लागिपरेका छन्,’’ सोनम भन्छिन् ।

यतिखेर सोनम रिजिल हुन तयार रहेको आफ्नो फिल्म ‘द जोया फ्याक्टर’को प्रवद्र्धनमा जुटेकी छन् । यो चलचित्र हास्यप्रधान रहेको बताइएको छ । चलचित्रको कथा एउटी युवततीमा आधारित छ, जसलाई इन्डियन क्रिकेट टिमका निम्ति भाग्यमानी मानिएको छ । चलचित्र सेप्टेम्बर २० मा रिजिल हुने छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: