आश्विन २९ गते, २०७६

को हुन ‘हामी यस्तै त हो नि ब्रो’ गीतका गायक, सामाजिक सञ्जालमा यस्तो चर्चा

पटक हेरिएको

काठमाडौं । ‘हामी यस्तै त हो नि ब्रो’ गीत कारण ¥यापर भिटेन समिर घिसिङ सामाजिक सञ्जालमा चर्चा कमाइरहेका छन्। सो गीतमा प्रयोग गरेको शब्दका कारण विभिन्न टिकाटिप्पणी पाइरहेका ¥यापर भिटेन समेत आश्चर्यमा छन्। ‘गीत सामान्य जस्तै लागेको थियो,’ उनले भने, ‘श्रोता र दर्शकले यो गीतलाई विशेष बनाइदिए।’

१३ वर्षको उमेरमा काकासँग थांका कार्यशालामा सहभागी हुन पहिलोपटक चन्द्रपुर रौतहटदेखि काठमाडौं आएलगत्तै ¥याप ब्याटलको रस पसेपछि उनले फ्रि स्टाइल ¥याप सिके। आत्मसन्तुष्टीका लागि गीत गाउने उनी गीतबाट खासै आम्दानी भने नहुने तर्क गर्छन्। ‘म गीत गाउनको लागि बाँचेको हुँ, ’ उनले भने, ‘बाँचुन्जेल नयाँ गीत सिर्जना गरिरहन्छु।’ नेपाली ¥यापर गिरिश खतिवडाको ¥याप स्टाइल मन पराउने उनीले भावना पोख्न ¥याप गाउने गरेका छन्। ‘आत्माको आवाज बाहिर आएजस्तो लाग्छ,’ उनले भने, ‘अरुले मन नपराए पनि गीत गाउँदा मलाई खुसी मिल्छ।’

गीतमा भनेझैं उनी काठमाडौंको स्कुलमा पढ्नको लागि भर्ना भएका थिए। लगातार परीक्षामा फेल भएका कारण स्कुल र काकाको घरबाट निकालिएका उनी बिरक्तिएर आत्महत्या गर्ने सोचसमेत बनाएका थिए। अनुहारमा खोपेको ‘झुन्डिएको डोरी’ को ट्याटुले उनलाई बाँच्नको लागि बारम्बार प्रेरित गरेको उनी बताउँछन्। उनीका गीतहरू जीवनको भोगाइ, अभाव र अभिभावकको आकांक्षा लगायतमा केन्द्रित हुने गरेको छन्।

विनासकारी भूकम्पअघिसम्म ¥यापर भिटेनले थांकाको कमाइबाट रौतहटमा रहेका परिवारलाई पैसा पठाइरहेका थिए। भूकम्पका कारण थांकाको काम प्रभावित भएपछि उनले केही समय जागिरसमेत खोजेका थिए। अन्ततः संगीतमा लाग्ने निर्णय गरेर बि–बोइङ गरिरहेका उनी ‘चुरोट’ गीतबाट परिचित भएका थिए।

‘चुरोट’ बोलको गीतबाट श्रोता र दर्शकमाझ परिचित बनेका उनका ‘कथा’, ‘सिमसिमे पानीमा’, ‘गरिब’, ‘बैनी’, र ‘खलासी’ बोलका गीतहरू चर्चामा छन्। उनको गीतमा प्रयोग गर्ने शब्दका कारण विभिन्न प्रतिक्रिया पाउने गरेका छन्। ‘म आफ्ना लागि स्वतन्त्र भएर गीत गाउने भएकाले सबैलाई मेरो गीत मनपर्छ भन्ने छैन्,’ भिटेनले भने। सांगीतिक प्रस्तुतिको दौरान देश र विदेश पुग्ने उनीले गीतमा प्रयोग गरिएका शब्दका कारण ताली र गाली खाएका घटनाहरू धेरै छन्। ‘कसले के भन्छ भन्नेतिर लाग्दिन। मैले गाएका गीतहरू मेरो भोगाइ र बुझाइका प्रतिबिम्ब हुन्। त्यसैले जिम्मेवार भएर गाउँदै हिड्छु,’ उनी भन्छन्।

‘हामी यस्तै त हो नि ब्रो’ सँगै चर्चा कमाएका घिसिङको संगीत मन नपराउने युवा पुस्ताको संख्या पनि उस्तै छ। ‘उनको गीतमा प्रयोग गरेका शब्द छनोट मलाई मनपर्दैन। कुनै अर्थ नलाग्ने शब्द छनोटका कारण उनका गीतहरू भड्किला लाग्छन्,।’

Loading...

प्रतिकृया लेख्नुहोस्: