आश्विन २९ गते, २०७६

‘तामाङको जात गर्दैन घात’ ¥याप गीतका गायक प्रविन निकै चर्चामा

पटक हेरिएको

काठमार्डौ । तामाङको जात गर्दैन घात।।। माया गर्नेलाई साथ धोका दिनेलाई लात’ भन्ने ¥याप गीतका गायक प्रविन तामाङ यती खेर निकै चर्चामा छन्। नेपाली गीतसंगीतमा पछिल्लो समय नयाँ-नयाँ ¥यापर प्रतिभाहरुको उदय हुँदैछन्। यस्तै, एक प्रतिभा हुन्, प्रविन तामाङ वाइबा।

¥यापर प्रविनको ‘तामाङ जात’ आफ्नो पहिलो ¥याप गीत हो। तर, उनी गीतसंगीत सँग नजिक छन्। यमबुद्ध, भिटेन, मिस्टर डी र लाहुरे जस्ता ¥यापरबाट प्रभावित भएको आफू (याप म्युजिकमा लागेको प्रविन नेपालटकसँग बताउँछन्। युवाको ढुकढुकी बनेका यमबुद्ध त यो संसारमा छैनन्। तर, पछिल्लो समय भिटेन र लाहुरे र मिस्टर डीले नेपाली (याप म्युजिकमा तहल्का मच्चाउँदै आएका छन्। यसैबेला प्रविनले ‘तामाङको जात’ ल्याएर (यापरहरुको लाइनमा ल्याएका छन्।

¥यापर गायक प्रविनले सामाजीक संञ्जालमा निकै राम्रा प्रतिकृया पाएका छन्। यो सामाजीक संञ्जालको प्रतिकृयाले प्रविनलाई अगाडी बड्न निकै हैसला पाएका छन्। नेपालटकसंग कुरा गदै प्रविन भन्छन्, मेरो यो सानो कोसिस हो कमिकमजोरि धेरै छन, अझै धेरै सुधार्न सिक्न बाँकि छ। हजुरहरुलाई कस्तो लाग्यो प्रतिकृया दिनुहोला अनि सियर पनि गरिदिनुहोला। यो तपाईहरुको माया, सल्लाहा र प्रतिकृया अनि सियरले मलाई अझ अगाडी बढ्न सजिले हुने बताउछन्।

सार्वजनिक ‘तामाङको जात’मा प्रविनकै शब्द र संगीत रहेको छ। सञ्चारकर्मी प्रशन्न रिमालले निर्देशन गरेको यस भिडियोमा प्रविनसँगै आर्डेन र इलिक फिचरिङ छन्। ‘तामाङको जात’लाई सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने भने छायाँकन डम्बर राईले गरेका हुन्। हाल डिल्लीबजारस्थित राईजिङ एकेडेमीमा कक्षा ८ मा अध्ययनरत (यापर प्रविनले नेपालटकसँग भने, ‘यो मेरो पहिलो प्रयास हो। पक्कै पनि दर्शकले रुचाउँनेछन् ।’उनले आगामी दिनमा दर्शक तथा श्रोताको चाहनाअनुसार गाउँदै जाने बताए।

https://youtu.be/KoZjUwRMRLo

 

Loading...

प्रतिकृया लेख्नुहोस्: