मंसिर ४ गते, २०७६

चर्चित गायक किरणबाबु पुनको अत्याधिक रुचाएको देउसीभैलो गीत

पटक हेरिएको

काठमाडौ। चर्चित गायक तथा सर्जक किरण बाबु पुनको तिहार सम्बन्धि ‘हजुरको दैलोमा’ बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ। गायक तथा सर्जक किरण बाबु पुनले मौलिक तथा संस्कृति र भेषभुषालाई जर्गेना गर्दै आएका छन्। उक्त गीतमा गायक किरण बाबु पुनको शब्द रहेको छ भने गायक पुनले नै संगीत भरेका छन्।

गीतको भिडियोमा अथार मगरात कलाकार संघको मौलिक भेषभुषा सहितको अभिनय रहेको छ। नेपालीका आ आफ्नै सस्कृति र भेषभुषा छन अथार मगरातको सस्कृति र भेषभुषालाई समेटेर तिहारको कोसेली स्वरुप पहिलो पटक देउसी भैलो गीत ल्याएका हुन्।

गीतमा गायक किरणबाबु पुन, तुलसी घर्ती, करिश्मा घर्ती, तुलसा पुन घर्ती र वीरता पुनको आवाज रहेको छ।गीतलाई केशव बडुले एरेन्ज गरेका छन् भने कुमार सानु पुनले मिक्सिङ गरेका छन्। भिडियोको निर्देशन खबपु चञ्चल मगरले गरेका छन्। सागर गौतम र राजेश बिसीले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन्। तिहार सम्बन्धि ‘हजुरको दैलोमा’ बोलको गीतको भिडियो गायक किरणबाबु पुनको व्यक्तिगत यूट्यूब च्यानल मार्फत बजारमा ल्याईएको हो।

Loading...

प्रतिकृया लेख्नुहोस्: