मंसिर ४ गते, २०७६

पत्रकारहरु माझ ट्याङ्चलाक चलचित्र प्रर्दशन

पटक हेरिएको

काठमाडौ । झट्ट सुन्दा मगर भासाको नाम सुनिने चलचित्र ट्याङ्चलाक काठमाडौंको माटिन चौतारिमा विशेष प्रर्दशन गरिएको छ । करिब २५/३०जना पत्रकार माझ प्रदर्शन गरिएको उक्त चलचित्रले कुनै पनि नेपालिहरुले बिदेशमा गएर भौतारिनु नपर्ने र स्वदेशमै पनि आफ्नो रैथाने ,थलो छोडेर मान्छेहरु कसरी सहर केन्द्रीत भई राखेका छन् भन्ने कुरालाई फिल्मले उजागर गरेको छ।

अझ रमाइलो प्रसंग के छ भने सताब्दीयौँ पहिले देखि हाम्रा पुर्खाहरुले रातिको दुई बजे उठेर राँको बालेर घन्टौ टाढा सम्म गएर पिउने पानिको जोह गरेको फिल्मका राम्रा पक्ष हुन्। त्यसै गरी गाउँ घरका रैथानेहरुलाई भुमाफियाहरुले सरकारको कुनै पनि निर्माण योजना पुग्नु भन्दा पहिले नै कसरी बस्ती खालि गर्छन् र कसरी दलालिहरु र भुमाफियाहरु अड्डा जमाउन सफल हुन्छन् भन्ने बिषय फिल्ममा प्रस्ट देखिन्छ।

मेक बहादुर पुनद्वारा लेखन ,निर्देशन गरिएको सो चलचित्रमा थुप्रै मगर हरुको भेस भुसा,कला संस्कृति पहिचान गराउने सामग्रीहरु फिल्मको नाम सँग मिल्न गएता पनि मुलत :फिल्ममा मगरहरुको कथा फिल्ममा नपाईनु फिल्मको खल्लो पक्ष हो।

मगरहरुको बस्ति भएको तनहुँ र आसपासका जिल्लाहरुमा छायांकन गरिएको सो चलचित्रमा धेरै विषयबस्तु समेट्न खोजेर एउटा विषयबस्तुमा केन्द्रीत नहुनु निर्माण पक्षको कमजोरी देखिन्छ। वरीष्ठ पत्रकार जेबि पुनका अनुसार सरकारले पछिल्लो समयमा गुठि बिधेयक माथि गरेको आक्रमण र सरकारलाई उपत्यकाका नेवार समुदायले गुठि विधेक फिर्ता गर्न सरकारलाई बाध्य पारेको प्रसंग जोड्दै सो चलचित्रले पनि सरकारी बिधेक प्रती व्यङ्गे गरेको देखिन्छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: