मंसिर ४ गते, २०७६

बलिउड अभिनेता गोविन्दा नेपालमा

पटक हेरिएको

काठमाडौं । बलिउड अभिनेता गोविन्दा अहुजा श्रमतीसहित मंगलबार काठमाडौं आइपुगेका छन्। उनीहरू कात्तिक २१ गतेबाट वीरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आएका हुन्।

गोविन्दाको साथमा केही समयदेखि बलिउड बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आइपुगेकी छन्। नेपाल आएपछि गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालमा पत्रकासँग छोटो कुराकानी गरेका थिए।

गोविन्दाले नेपाली मुलकी युवतीसँग विवाह गरेका हुन्। गोविन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए। नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यस अघि पनि थुप्रै पटक नेपाल आइसकेका छन्। वीरगन्जमा हुने स्वर्णिम महोत्सव कात्तिक २३ गतेसम्म चल्ने छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: