अञ्जु र गगनको ‘ठेकी भित्र मदानी’को म्युजिक भिडियो रिलिज - Nepal Talk
जेष्ठ २३ गते, २०७७

अञ्जु र गगनको ‘ठेकी भित्र मदानी’को म्युजिक भिडियो रिलिज

पटक हेरिएको

गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको ‘ठेकी भित्र मदानी’को बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

अञ्जुलाई, तिम्रो मनको माझमा, प्रेमको भिखारी र शकां नगर जस्ता सुपरहिट गीतका गायक गगन सरगमले साथ दिएका छन् । ‘म त मर्छु क्यारे’ जस्तो कालजयी गीतका श्रष्ठा निम संगीतले सार्वजनिक गीतमा गाउँघरको लोक शैलीमा अत्यन्त मीठो संगीत र एरेन्ज गरेका छन ।

ठेकी, भकारी, बुईकल, मदानी जस्ता ठेट नेपाली शब्दहरुलाई समेटी सन्चारकर्मी, गायक तथा रचनाकार कपिल कस्पालको शब्द रचना रहेको गीतमा केकी अधिकारीले मोडल विजु पार्कीसँग ठुम्का लगाएकी छन् । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् । सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ ।

Loading...

प्रतिकृया लेख्नुहोस्: