जेष्ठ ९ गते, २०७६

प्रधानमन्त्री ओलीद्धारा वसन्तपुर दरबार पुनर्निर्माण क्षेत्रको अवलोकन (फोटो फिचर)

पटक हेरिएको

काठमाडौं । चार वर्षअघि ०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएको गएको भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो। भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पुनर्निमाणको काम अझै सकिएको छैन।

उक्त भूकम्पले थुप्रै पुरातात्विक सम्पदामा क्षति पुर्‍याएको थियो। भूकम्पपछिको पुनर्निमाणको अवस्था बुझ्न प्रधानमन्त्री केपीशर्मा ओली बिहीबार वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा पुगेका थिए। उनले त्यहाँ भइरहेको पुनर्निमाणको निरीक्षण गरेका थिए।

स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य गन्तव्य मानिने बसन्तपुर दरबार स्क्वायर क्षेत्र, त्यसभित्रको नौतले दरबार, काष्ठमाण्डपलगायतको पुनर्निमाण भइरहेको छ। अबको एक वर्षमा ०७२ को भूकम्पले क्षति गरे सम्पूर्ण संरचनाको पुनर्निमाणको काम सम्पन्‍न गर्ने प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रतिकृया लेख्नुहोस्: