जेष्ठ ९ गते, २०७६

फोटोमा हेर्नुहोस् ५५ औँ विद्यार्थी दिवस (भिडियो सहित)

पटक हेरिएको

काठमाडौ । ५५ औं विद्यार्थी दिवसको अवसरमा सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन्।

संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा सहित बुधबार विहान भृकुटीमण्डपबाट शुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाँकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भुगोलपार्कमा पुगेर समापन भएको थियो।

उक्त भूगोलपार्कमा आयोजित सभालाई अनेरास्ववियूका पूर्व अध्यक्ष एवम् संस्थापक नेता विश्वकान्त मैनाली, अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले सम्बोधन गरेका थिए।

विद्यार्थीहरुको एकताको बलमा आन्दोलन सफल भएको यही दिनको सम्झनामा विद्यार्थीहरुले जेठ १ गतेलाई एकता र विजयको रुपमा मनाउँदै आएका छन्।उक्त प्रभातफेरि कार्यक्रममा हजारौ नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो।

५५ औँ विद्यार्थी दिवसको अवसरमा प्रभातफेरि कार्यक्रम कसले के भने(हेर्नुहोस् भिडियो सहित)




प्रतिकृया लेख्नुहोस्: