श्रावण ३२ गते, २०७६

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना (फोटो फिचर)

पटक हेरिएको

पोखरा । पूर्वमन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना भएको छ।

सोही प्रतिष्ठानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपरान्ह गरेका छन्।

कार्यक्रम दौरान प्रधानमन्त्री ओलीले स्व. रवीन्द्रका कान्छा छोरालाई साथमा लिइ आत्मियता बढाएका थिए। कार्यक्रममा उनले स्वराजलाई काखमा लिइ भलाकुसारी गरि रहेका थिए।

प्रधानमन्त्री ओलीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड सहयोग गर्ने बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। उनको सम्झनामा पत्नी विद्या भट्टराई अध्यक्ष रहेको प्रतिष्ठान गठन गरिएको छ।

This image has an empty alt attribute; its file name is IMG_9624.jpg

प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्य रहेका छन्। यसमा तीन किसिमका सदस्यता रहने बताइएको छ।

साधारण सदस्यका लागि रु पाँच सय र आजीवन सदस्यका लागि रु पाँच हजार तथा विशिष्ट सदस्यका लागि रु एक लाख शुल्क लाग्ने बताइएको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: