आषाढ़ १ गते, २०७६

मिडिया काउन्सिल विधेयकको विरुद्धमा पत्रकारहरुको मानव साङ्लो सहितको प्रर्दशन(फोटोफिचर)

पटक हेरिएको

काठमाडौँ। सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोध गर्र्दै पत्रकारहरुले मानव साङ्लो सहितको जुलस प्रर्दशन गरेका छन्। काठमाडौंको बबरमहलमा शनिबार अपराह्न नेपाल पत्रकार महासंघको नेतृत्वमा भएको आन्दोलनमा उनीहरुले सरकारलाई सो विधेयक फिर्ता लिन माग गरेका छन्।

उनीहरुले प्रेस स्वतन्त्रताको पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्ड सहित आँखामा पट्टी बाँधेर सडकमा प्रर्दशन गरेका हुन्। पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले पत्रकारहरुलाई सम्बोधन गर्दै पत्रकार महासंघले एक महिना देखि गरेको आन्दोलन सरकारले सुनुवाई नगरेको भन्दै छिट्टै अर्को चरणको आन्दोलन गर्ने बताए।

नेपाल पत्रकार महासंघले थालेको आन्दोलन कसैको सरकार ढाल्न पनि नभएको र कसैलाई सरकारमा पु¥याउन पनि नभएको बताएका छन्। विगतमा पनि अधिकार रक्षाका लागि पत्रकार महासंघ सडकमा आएको बताउँदै शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला पनि सडकमा आएको उनले बताए।

उनले भने प्रेसमाथि दमन गर्ने हरेक सत्ताको विरोधमा सडकमा आएको बताउँदै सुशील कोइरालादेखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले ल्याएको मिडिया विरोधी कानुनको विरोधमा सडकमा आएको बताए। पत्रकार महासंघको आन्दोलनलाई राजनीतिकरण नगर्न बताउँदै यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा भएको आन्दोलनका रुपमा लिन आचार्यले आग्रह गरे।

यस्तै महासंघका उपाध्यक्ष दिलिप थापामगरले शान्तिपूर्ण आन्दोलनलाई सरकारले व्यवास्ता गर्छ भने निरन्तर आन्दोलनमा लडि रहने उल्लेख गर्दै छिट्टै तेश्रो चरणको आन्दोलन गर्ने बताएका छन्।

पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रको मूल्य मान्यतालाई भताभूंग पारी तानाशाही शासन व्यवस्थाका लागि ल्याइएको बताए। सरकारले ल्याएको विधेयकले अहिले भन्दा पनि आगामी पुस्तालाई पनि असर पार्ने भन्दै विधेयक फिर्ता लिन माग गरे।

प्रतिकृया लेख्नुहोस्: