आश्विन १ गते, २०७६

मुख्यमन्त्री शेरधन राई नेशनल कन्फरेन्समा भाग लिन अमेरिका जाने

पटक हेरिएको

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्ने भएका छन्। बाल्मिोटरमा जुलाई ५, ६ र ७ मा हुने नेपलिज् एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा प्रमुख अतिथिको रुपमा भाग लिन राई त्यसतर्फ प्रस्थान गर्न लागेका हुन। उनको भ्रमणलाई प्रदेश सरकारको शुक्रबार बसेको बैठकले स्वीकृति प्रदान गरेको छ। असार १६ गते अमेरिकातर्फ गई मुख्यमन्त्री राई २५ गते फर्कने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

शुक्रबारको मन्त्रिपरिषद्ले प्रदेश सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७६, प्रदेश लोकसेवा आयोगकको विधेयक २०७६, प्रदेश स्वायत्त संघसंस्था विधेयक २०७६ लाई र जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक २०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ। मन्त्री कार्कीकाअनुसार समिर्टस समिट गर्न औपचारिक प्रक्रिया अघि बढाइने र यसको नेतृत्व मुख्यमन्त्रीले गर्ने, कटहरी फलफूल तथा तरकारी बजार सञ्‍चालन गर्ने नियमावली २०७६ लाई स्वीकृति दिने, पाँचथरको मिक्लाजुङ घटनामा बचेकी सीता खजुमको उपचारमा लाग्ने सबै खर्च रु. ६९ हजार ३ सय १४ रुपैयाँ तिरिदिने र सगरमाथा टिन्स क्लब (एचटीसी) कोष सञ्‍चालन गर्न आवश्यक पर्ने कार्यविधि २०७६ बारे पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: