मंसिर १ गते, २०७६

काठमाडौंमा विजुली बस सञ्चालन (हेर्नुस् तस्वीर)

पटक हेरिएको

काठमाडौं । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ। सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ। सहमति अनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन्।

ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नु पर्नेमा जोड दिए।

इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनु पर्ने उनले बताए। कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ। बसहरुले सोमबारबाटै सेवा शुभारम्भ गर्नेछन्।

हेर्नुहोस् तस्वीर

Loading...

प्रतिकृया लेख्नुहोस्: