आश्विन २९ गते, २०७६

प्रदेश ३ को नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्धारा राजीनामा

पटक हेरिएको

काठमाडौं । प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा.खिमलाल देवकोटाले राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन्। राष्ट्रिय समाचार समितिका अनुसार डा.देवकोटाले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताएका छन्।

मुख्यमन्त्री डोरमणि पौडेललगायतले राजीनामा फिर्ता लिन अनुरोध गरे पनि आफ्नो व्यक्तिगत कारण राजीनामा फिर्ता नलिएको उनले बताएका छन्। उनले मुख्यमन्त्री डोरमणि पौडेलले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेशको प्रोफाइल तयार पारेको, समयमै आधारपत्र तयार पारेको, लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको र प्रदेश सरकारलाई पाँच वर्षसम्म आवश्यक पर्ने विभिन्न योजनाहरु निर्माण गरेको बताएका छन्।

Loading...

प्रतिकृया लेख्नुहोस्: