आश्विन १ गते, २०७६

‘२ नम्बर प्रदेशमा राहत वितरण गर्न धेरै बाँकी छ’ : मुख्यमन्त्री राउत

पटक हेरिएको

काठमाडौं। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितलाई अझै राहत तथा पूनस्र्थापना नभएको गुनासो पोखेका छन्। मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए। अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए।

उनले भने, ‘अहिलेपनि राहत वितरण गर्न धेरै बाँकी छ। कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन्। तर राहत धेरैलाई पुगेको छैन।’ उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढी तथा डुवानको समस्या आएको जिकिर गरे। उनले भने, ‘लालबकैया, बागमती, रातु, कमला र त्रियुगा नदी आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं।

२०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्त सम्भार भएको छैन्। एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन्। र, अहिले यो समस्या आएको हो।’ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहयोगको आश्वासन दिएको उनले सुनाए। उनले भने, ‘मैले केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग पनि भेट गरें, उहाँले पनि अन्य प्रदेशमा रहेका साधन र स्रोत प्रयोग गरेर २ नम्बर प्रदेशमा खटाउनको लागि मन्त्रालयको टिम नै राखेर निर्देशन दिनुभएको छ। हिजोमात्रै उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छु।

उहाँले पनि नदी, तटबन्धलगायतका विषयमा दिर्घकालिन समाधान खोज्नेबारे मन्त्रालयका टिम नै राखेर विशेष निर्देशन दिनुभएको छ।’ राहत तथा पूर्नस्थापनाको लागि प्रदेश सरकार गम्भिर रहेको सुनाउँदै आजमात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको राउतले सुनाए। उनले भने, ‘सिँगो प्रदेश लागि पर्दा पनि यो विपति सामना गर्ने हामीसँग क्षमता छैन। अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ। टुटेका सडक सञ्जालहरु जोड्ने काम गर्नुपर्छ।’

Loading...

प्रतिकृया लेख्नुहोस्: