मंसिर ३० गते, २०७६

त्रिशुलीमा खसेको बस निकाल्न सशस्त्रका गोताखोर भेलमा छिरे (फोटोफिचर)

पटक हेरिएको

धादिङ । धादिङमा भएको बस दुर्घटनापछि त्रिशुलीको भेलका कारण उद्धार नकै कठिन भयो। सुरक्षाकर्मीले २४ साउनमा बसलाई तानेर उद्धारलाई अगाडि बढाएका थिए। सशस्त्र प्रहरीको गोताखोरहरु ज्यानको जोखिम मोलेर भेल भित्र पसेका थिए। उनीहरुले बसमा डोरी बानेर तान्न सकिने बनाएका थिए। सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारका गोताखोर सहितका उद्धारक सशस्त्र प्रहरीले उद्धारमा मुख्य भूमिका निभाएका थिए।

सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको सृष्टि डिलक्सको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित त्रिशुली नदीमा २४ साउनको विहान साँढे ३ बजे खसेको थियो। बसमा ४२ यात्रु र तीन चालक दलका सदस्य रहेको पुष्टि भएको छ। बसका चालक लक्ष्मण जमरकटेल र सहचालक प्रमोद चौधरी र सहयोगीमा ऋषि उप्रेती थिए।

घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साँढे ३ बजेको प्रहरमा धेरै यात्रु निदाइरहेकाले मानवीय क्षति बढी भएको हो। बाँचेकाहरु बस खस्दै गर्दा उछिट्टिएका थिए। नदीमा परेकाहरुको मृत्यु भएको र हराइ रहेका छन्। घटनामा अझै २० जना हराइरहेका छन् । बाढीका कारण नदीमा धमिलो पानीका बाबजुद उद्धार गरिएको छ। कुल ४५ जना शवार बसमा १६ जनाको जिवितै उद्धार गरिएको थियो। बसमा ३४ नेपाली र ११ भारतीय सवार थिए।

Loading...

प्रतिकृया लेख्नुहोस्: