मंसिर २ गते, २०७६

प्रदेश २ मा सोमबार सार्वजनिक विदा दिने

पटक हेरिएको

पर्सा । प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन्।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेका छन्।

प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरे पनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म विदाबारे निर्णय नभएको बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: