मंसिर २० गते, २०७६

‘क्रिकेट खेल विद्धावानले मात्रै खेल्ने खेल हो’ : रन्जित तामाङ (भिडियो सहित)

पटक हेरिएको

काठमाडौ । सहिद मेमोरियल इन्ट्रा कलेज क्रिकेट आजबाट शुरु भएको छ। पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजका अखिल (क्रान्तिकारी) र अनेरास्ववियू इकाइले आयोजना गरेको सहिद मेमोरियल इन्ट्रा कलेज क्रीकेट प्रतिस्पर्धा आज बाट सुरु भएको हो।

कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ब्याटिङ गरेर उद्घाटन गरेका थिए। विशेष अतिथी साविक अनेरास्ववियूका कोषाध्यक्ष झविन्द्र खत्रीले बलिङ गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तामाङले भने – ‘क्रिकेट खेल अनुशासनको खेल हो , त्यसैले अब अनेरास्ववियूमा पनि क्रिकेट खेलको नियम लागु हुनुपर्छ।’  क्रिकेट खेल विद्धावानले मात्रै हेर्ने, विद्धावानले मात्रै बुझ्ने, महाविद्धावानले मात्रै खेल्ने खेल भएको बताए। सरकार निकायले क्रिकेट खेलको संरक्षण गर्नु पर्ने तामाङको भनाई थियो। साथै सहभागी टिमलाई विजयको शुभकामना पनि दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथी तामाङ, विशिस्ट अतिथी झविन्द्र खत्री साथै विद्यार्थी नेताहरु सन्जय कालदन, कनिस पट्टेल, माधव थपलिया, उपदेश यादव, बालकुमार केसि, योगेन्द्र बुढा, चेत बोलाखे, रबिन बस्नेत, बेनुप खत्री, रोहित बम लगाएतको उपस्थिति रहेको थियो।
फोटोमा हेर्नुहोस्

 

 

 

Loading...

प्रतिकृया लेख्नुहोस्: