भाद्र ३१ गते, २०७६

तस्बिरमा हेर्नुस् नेपाल-भारत संयुक्त आयोगको बैठक

पटक हेरिएको

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक राजधानी काठमाडौंमा बसि रहेको छ। द्विपक्षीय सम्बन्ध सुदृढ तथा दुई देशबीच देखिएका समस्या समाधानमा लागि आयोजित बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवाली र भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन्।

दरबारमार्गस्थित याक एण्ड यती होटलमा जारी बैठकमा नेपालले इपिजी प्रतिवेदन, कार्यान्वयनमा नरहेका सन्धि पुनरावलोकन, भारतीय बाँध, बाढी डुबान र सीमा समस्याबारे कुरा राखेको छ। भारतबाट निर्माणाधिन हुलाकी सडक, जलविद्युत आयोजना र द्विपक्षीय सहयोगबारे पनि छलफल भइ रहेको छ।

तीन वर्षपछि आयोजित बैठकमा नेपाल र भारतका अधिकारी सहभागी छन्। बैठक अघि भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए।

तस्वीरमा हेर्नुहोस्

तस्बिरमा हेर्नुस् नेपाल–भारत संयुक्त आयोगको बैठक

Loading...

प्रतिकृया लेख्नुहोस्: