मंसिर २ गते, २०७६

प्रदेश नम्बर ५ सरकारले तोक्यो लोक सेवा आयोगका अध्यक्षको तलब

पटक हेरिएको

काठमाडौ । प्रदेश नम्बर ५ सरकारले प्रदेश लोक सेवा आयोगका अध्यक्षको तलब तोकेको छ। प्रदेशले हालै आयोगको अध्यक्षमा डिलाराम भट्टराईलाई नियुक्त गरेको थियो। प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षको तलब ६४ हजार चार सय २० रुपैयाँ तोकेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।

‘राजपत्रमा प्रकाशित भएपछि यो तलब कार्यान्वयनमा आउँछ,’ उनले भने। यस्तै मुख्य न्यायाधीवक्ताको तलब पनि वृद्धि गरिएको उनले बताए। संघीय सरकारले तलबमान वृद्धि गरेकोले सोहीअनुसार मुख्य न्यायाधीवक्ताको तलब पनि ६४ हजार चार सय २० तोकिएको उनको भनाइ छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: