आश्विन २९ गते, २०७६

त्रिभुवन विमानस्थलका प्रमुख भन्छन् : ‘कसैले फोन गरेकै भरमा भिआइपी पास दिंदैनौ’

पटक हेरिएको

काठमाडौं । पछिल्लो समय देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपीको नाममा दुरुपयोग बढेको छ। सामान्य भिआइपी आएको समयमा विमानस्थलको भन्सार एक्सरे नै सञ्चालन नहुने भएपछि त्यसरी पास लिएर जाने आउने प्रवृत्ति बढेको थियो।

विशेषगरी सामन्य यात्रुका लागि भन्सार जाँचमा कडाइ गरेपछि निजामति तथा मन्त्री निकटका केही मान्‍छेहरुले‍ भिआइपीको पास बनाउने र जाने/आउने गरेको आरोप लाग्दै आएको छ। यही सन्दर्भमा नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका महाप्रबन्ध राजकुरमा क्षेत्रीले कसैले फोन गरेकै भरमा कसैलाई पनि भिआइपीको गेट प्रयोग गर्न नदिने बताएका छन्।

सोमबार विमानस्थल कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले राजपत्रमा प्रकाशित सूचीमा उल्लेख भएका बाहेक अरुलाई पास नदिने प्रष्ट पारेका हुन्। म यहीबाट घोषणा तथा जानकारी गराउन चाहन्छु। कि कसैले फोन गरेकै भरमा भिआइपी पास दिंदैनौ। हामिले कानूनमा जे लेखिएको छ त्यहीमात्र पूरा गर्छौ’उनले भने।

कानूनअनुसार देशका छ जना र तिनका समकक्षी बाहेक अरु सबैलाई सुरक्षा जाँच भने हुने छ। पछिल्लो समय विमानस्थल कार्यालय र भन्सारको समुन्वय नहुँदा कतिपय भिआइपीका ह्यान्डब्यागहरु बिना स्क्रिनिङ छिर्ने गरेको आरोप लाग्दै आएको छ। तर क्षेत्री भने यो स्वीकार गर्दैनन्। ‘कुनै पनि भिआइपी आगमन हुँदा हामिले भन्सारलाई जानकारी दिन्छौ। त्यहीअनुसार उहाँहरुको मान्छे यहाँ आउनुहुन्छ। त्यहीअनुसार चेकजाँच हुन्छ अरुलाइजस्तै’ उनले भने।

Loading...

प्रतिकृया लेख्नुहोस्: