कार्तिक २५ गते, २०७६

तस्बिरमा हेर्नुहोस् नेकपाको चियापान

पटक हेरिएको

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । प्रायः सबै पार्टीका नेताहरु उपस्थिति रहेको चियापानमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बसेर आगन्तुकहरुलाई स्वागत गरेका थिए।

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको चियापानमा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो। चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइन लामै लागेको थियो। कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले आवश्यक स्वयंसेवक परिचालन गरेको थियो।

चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको थियो। कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले प्रस्तुति पनि दिईएको थियो। अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रित गरिएको थियो।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ। चियापान कार्यक्रममा एक लाख बढीको सहभागिता हुने जनाइएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइ सकिएको थियो।

हेर्नुहोस् फोटो फिचर

आर्थिक विकासका लागि त्रिदेशीय साझेदारीको रणनीतिक आधार तयार हुँदै : प्रचण्ड

Loading...

प्रतिकृया लेख्नुहोस्: