मंसिर ४ गते, २०७६

तस्वीरमा हेर्नुहोस् बुद्धिष्ट चलचित्र महोत्सव सम्पन्न (फोटोफिचर)

पटक हेरिएको

– आनन्द पुन

काठमाडौ । बुद्ध धर्मप्रती आस्था राख्ने बौद्ध धर्मलाम्वीहरुले काठमाडौमा २ दिने बुद्धिष्ट चलचित्र सम्पन्न गरेका छन् । काठमाडौको मल्ल होटलमा देखाईएको उक्त चलचित्र महत्सवमा ‘द इनर पाथ नाम’मा सञ्चालन गरिएको महोत्सवमा विभिन्न भाषाका चलचित्रहरु प्रदर्शन गरिएका थिए।

नेपालमा रहेका अधिकांश बुद्ध धर्म गुरुहरुको उपस्थीतीमा चलचित्र ‘द इनर पाथ’ का अलवा सो महोत्सवमा साउन्ड अफ साइलेन्स, सेभेन ओन्डरस अफ बुद्धिस्ट वल्र्ड, माई सन तेन्जेन, ए थाउजेन्ड मदर्स, सर्चिङ फर मिराकल, बोधगया र लुम्बिनी नामका विभिन्न चलचित्रहरु प्रदर्शन गरिएको थियो।

अन्तराष्ट्रिय बुद्धिष्ट कन्फीडेरेसनको आयोजनामा प्रर्दशन गरिएको उत्त महत्सवमा INTERNATIONAL BUDDHIST CONFEDERATION (IBC) का पदाधिकारीहरु Dr. Dhammapiya, डा.लारक्याल लामा (Khenpo) , Maling Gombu, Ani Choying Drolma लगाएतका विशिष्ट व्यक्तहरुको उपस्थीति हुनुको साथै पुर्व कानुन मन्त्री शेरवहादुर तामाङ, त्यसै गरी अष्ट्रेलीयाकी नेपाली पुर्व राजदुत लक्की शेर्पाको समेतले उपस्थीति जनाएका थिए ।

खास गरी गौतम बुद्ध नेपालको लुम्बीनिमा जन्मिएको र बुद्धको शन्देश संसार भरी कसरी फैलिएको छ भन्ने शन्देश उत्त चलचित्र महत्सवबाट शन्देश दिन खोजेको देखिन्छ। चलचित्र महत्सवमा करिब संसार भरका २४ देशमा बुद्ध धर्मलाई अनुशरण गरेको फिल्ममा देख्न पाईन्छ। बौद्ध धर्म, यसका अनुयायी र यसका पवित्र धार्मिक स्थलको जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रममा सहभागी एक धर्म गुरुले नेपालटकलाई जानकारी गराएका छन् । यस महोत्सवमा नेपाल, भारत लगायतका विभिन्न देशबाट सहभागिता थियो। महोत्सवमा बौद्ध धर्मका नेपाल र भारतका वरिष्ठ भिक्षु, भिक्षुणी मात्र नभई विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको सहभागिता थियो।

भारतमा सम्पन्न भइ सकेको यस प्रकारको महोत्सव नेपालपछि विश्वका अन्य देशमा सञ्चालन गरिने आयोजकले जनाएको छ। महोत्सवमा सहभागी हुन नेपाल आएका भारतीय डेलिगेट्सहरुलाई महोत्सवको अन्तिम दिन बौद्धनाथ विकास समितिले बौद्धनाथ स्तुपामा स्वागत समेत गरेको थियो।

सोही चलचित्र महोत्सवमा उपस्थीत भारतीय चर्चित फिल्ममेकर तथा डाईरेक्टर अरुणा बासुदेवले सो चलचित्र महोत्सवको बारेमा नेपालटकसँग अन्तरवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै जसा ठुला कार्यक्रममा बुद्ध भारतमा जन्मिएको भनि प्रचार गर्नुहुन्छ नि तर तपाई फिल्ममेकरको नजरमा बुद्ध कहाँ जन्मिएका हुन् ? भनि गरिएको जवाफमा बुद्धको जन्म भारतमा होईन नेपालको लुम्बिनीमा भएको हो।

कतिपय खुला सीमा र नेपाल भारतबिच सिमाङ्कन नहुँदा गौतम बुद्ध भारतमा जन्मीएको भनि प्रचार-प्रसार गरिएता पनि त्यो गलत प्रचार हो। बुद्ध अरु कुनै देशमा नजन्मीएर नेपालमै जन्मिएका हुन् ,बुद्धको जन्म स्थान नेपालको लुम्बीनी नै हो।

 

तस्वीरमा हेर्नुहोस्

 

 

 

Loading...

प्रतिकृया लेख्नुहोस्: