मंसिर २० गते, २०७६

प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतद्धारा नवनिर्मित भवनहरुको उद्‍घाटन

पटक हेरिएको

नुवाकोट । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत ईलाका प्रहरी कार्यालय ढिकुरे र प्रहरी चौकी ककनी नुवाकोटको नवनिर्मित भवनहरुको आइतबार आयोजित छुट्टाछुट्टै कार्यक्रमवीच उद्‍घाटन गर्नु भयो।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बस्नेतले उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवनिर्मित भवनहरुको निरीक्षण समेत गर्नु भएको थियो।

ईलाका प्रहरी कार्यालय ढिकुरे भवन राष्ट्रिय पुन : निर्माण प्राधिकरण कोषको कुल १ करोड ३९ लाख ४० हजार ८ सय ३८ रुपैयाँ ३८ पैसा सहयोग र प्रहरी चौकी ककनी भवन सोही कोषको कुल १ करोड १४ लाख ५६ हजार ६६ रुपैयाँ ८ पैसा सहयोगमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, स्थानीय तहका प्रमुखहरु, प्रहरी अधिकृत तथा जवानहरु स्थानीय संचारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो।

Loading...

प्रतिकृया लेख्नुहोस्: