पर्यटकको रोजाईमा इलामको माइपोखरी - Nepal Talk
आषाढ़ २९ गते, २०७७

पर्यटकको रोजाईमा इलामको माइपोखरी

पटक हेरिएको

 सन्दकपुर ।  सदरमुकाम इलामबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरीएपछि माइपोखरीले विश्वव्यापी पहिचान बनाएको हो।

साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिएपनि वलिप्रथा भने निषेध छ । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ।


माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न गरिएको किम्बदन्ति पाइन्छ । किम्बदन्तिअनुसार पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराहरुले सधै सफा गर्ने, पञ्चेबाजा, संखघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योती निस्कने र लोप हुने गरेको कथन छ ।

सिंगो इलामको सास्कृतिक सभ्यताको प्रतिबिम्भ माईपोखरी आउने पर्यटकलाई स्थानीय परिकारको मिठो स्वादमा रमाउँदै आरामदायी बसाईका लागि पोखरी आसपासमा सुविधासम्पन्न होस्टे र होटल संचालनमा छन् ।


नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ र लोउन्मुखनै उभयचर ठकठके लगायत रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको सुमधुर आवाजबाट पोखरी पुग्ने पर्यटकले स्वर्गीय आनन्द लिने गरेका छन् ।


२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्ने असंख्य पर्यटक वर्षेनी आउने गरेका छन् ।

माईपोखरीको दर्शनपछि तीन किलोमिटर उत्तरको यात्रा गर्दा पुगिन्छ देउराली बजार । सन्दकपुर गाउँपालिकाको केन्द्रिय कार्यालय रहेको देउराली बजार क्षेत्र सहिद भुमिका नामले समेत परिचत छ । माइपोखरी देशको सय गन्तव्यस्थलको रुपमा नेपाल सरकारले घोषणा समेत गरेको छ।

Loading...

प्रतिकृया लेख्नुहोस्: