जवाफ पेस गर्न प्रसाईंलाई २१ दिने सूचना - Nepal Talk
श्रावण ३० गते, २०७७

जवाफ पेस गर्न प्रसाईंलाई २१ दिने सूचना

पटक हेरिएको

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित अदालत उपस्थित हुन आदेश दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई लिखित जवाफसहित २१ दिन भित्र अदालतमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ ।

बिएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन प्रदान गर्न आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको प्रसाईंले आरोप लगाएका थिए।

त्यस लगत्तै गिरीले जिल्ला अदालत काठमाडौँमा प्रसाईविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए।

मुद्दा परेपछि जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई २१ दिन भित्र हाजिर हुन वा जवाफ पेस गर्न सूचना पठाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए।

Loading...

प्रतिकृया लेख्नुहोस्: